फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा रुसी राष्ट्रपति पुटिनद्वारा चीन-रुस स्थानीय सहकार्य आदान-प्रदान वर्षको उद्धाटन समारोहलाई शुभकामना सन्देश

(GMT+08:00) 2018-02-07 18:22:05

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सात तारिख बेग्ला बेग्लै गरी चीन-रुस स्थानीय सहकार्य आदान-प्रदान वर्षको उद्धाटन समारोहलाई शुभकामना सन्देश पठाउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र रुस दुवै देश पहाड र पानी जोडिएका मैत्रीपूर्ण छिमेकी भएकाले आपसी मित्रता लामो समयदेखि रहँदै आएको ‌औँल्याउनुभएको छ। सन् 2018 देखि सन् 2019 सम्म चीन-रुस स्थानीय सहकार्य आदान-प्रदान वर्षको आयोजनाबाट चीन-रुस सम्बन्ध स्थिर र स्वस्थ रुपमा विकसित हुनका लागि अझ सशक्त जिवन्त शक्ति थपिदिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

त्यस्तै आफ्नो सन्देशमा रूसी राष्ट्रपति पुटिनले रुस-चीन स्थानीय सहकार्य आदान-प्रदान वर्षबाट दुवै देशले विभिन्न क्षेत्रमा रहेका सकारात्मक प्रस्तावलाई व्यवहारमा उतार्न र स्थानीय सहकार्यको ठूलो निहित शक्तिको विकास गर्न सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु