फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा सफलतापूर्वक 'अग्नि नम्बर एक' सुधारिएको क्षेप्यास्त्र प्रक्षेपण

(GMT+08:00) 2018-02-07 18:23:43

भारतले फेब्रुअरी छ तारिख पूर्वी भागमा रहेको उडिशा प्रदेशको अब्दुल कलाम प्रायद्वीपको परीक्षण अखडामा सफलताका साथ एउटा 'अग्नि नम्बर एक' सुधारिएको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

भारतीय रक्षा मन्त्रालयका पदाधिकारीका अनुसार, यस 'अग्नि नम्बर एक' क्षेप्यास्त्रको प्रक्षेपित दूरी लगभग सात सय किलोमिटर हुनुका साथै भारत आफूले अध्ययन गरेर आणविक क्षेप्यास्त्रको टाउको जोत्न सकिने क्षेप्यास्त्र छ। यसका साथै यस क्षेप्यास्त्रले एउटा विशेषतायुक्त नेभिगेसन पद्धति सहित सटिक रुपमा लक्ष्यमाथि प्रहार गर्ने प्रत्याभूति पनि दिने ती पदाधिकारीले जनाए।

'अग्नि नम्बर एक' क्षेप्यास्त्र भारतको रक्षा अध्ययन र विकास संगठनको योजनाबमोजिम एक किसिमको मध्य र छोटो दूरीको क्षेप्यास्त्र हो। यस क्षेप्यास्त्रको प्रक्षेपण दूरी सात सय किलोमिटरदेखि एक हजार दुई सय पचास किलोमिटरसम्म रहेको छ।

जानकारी तथा लेखहरु