फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम अफ्रिकी समुद्री क्षेत्रमा बेपत्ता भएको तेल जहाज फेला परेको भारतको भनाई

(GMT+08:00) 2018-02-07 18:24:28

भारतका विदेशी मन्त्री सुष्मा स्वराजले हिजो फेब्रुअरी छ तारिख सामाजिक सञ्चारमाध्यममार्फत् हालै पश्चिम अफ्रिकाको वरिपरि समुद्रमा बेपत्ता भएको भारतीय तेल जहाज फेला पर्नुका साथै जहाजमा रहेका बाईस जना भारतीय नाभिकहरु सुरक्षित रहेको जानकारी दिनुभएको छ।

मन्त्री स्वराजले पाँचँतारिख राति नाइजेरियाका विदेश मन्त्री जिओफ्री ओनियमासँग टेलिफोन गरी नाइजेरियाले भारतलाई मद्दत गरी बेपत्ता भएको तेल जहाज खोज्ने वचनवद्धता दिएको थियो। मन्त्री सुष्मा स्वराजले नाइजेरिया र बेनिन सरकारले गरेको प्रयासप्रति धन्यवाद ज्ञापन गर्नुका साथै यस तेल जहाजलाई सामुद्रिक लुटपाटका लागि अपहरण गरिएकोबारे कुनै संकेत गर्नुभएको छैन।

थाहा भएअनुसार, यस तेल जहाजमा तेह्र हजार पाँच सय टन पेट्रोल लादिएको थियो जसको मूल्य लगभग 81लाख अमेरिकी डलर जति हुन्छ। नाभिक परिवारको अनुसार, उक्त तेल जहाज जनवरी एकतीस तारिखदेखि सम्पर्क विहीन भएको थियो।

जानकारी तथा लेखहरु