फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत नव वर्षको स्वागतका लागि तिब्बती जोखाङ मन्दिरको प्रार्थना झण्डा परिवर्तन

(GMT+08:00) 2018-02-07 18:25:09

फेब्रुअरी छ तारिख तिब्बतको लाह्सास्थित जोखाङ मन्दिरमा विभिन्न ठाउँबाट आएका धर्मावलम्वी र पर्यटकहरुले भेला भएर जोखाङ मन्दिरको पाँच वटा प्रार्थना झण्डा स्तम्भको वार्षिक परिवर्तन समारोहमा भाग लिएका छन्।

छ तारिख तिब्बती पात्रोको डिसेम्बर एक्काईस तारिख रहेर जोखाङ मन्दिरले खगोल विज्ञान पात्रो अनुसार छानेको शुभ दिन हो। तिब्बती पात्रोको नयाँ वर्षको स्वागत गर्न मन्दिरका कर्मचारीहरुले घडीको दिशामा प्रार्थना झण्डालाई परिवर्तन गरेका छन्। यो चलन तिब्बतमा सयौं वर्षदेखि चलिरहेको छ।

पाँच वटा प्रार्थना झण्डा स्तम्भमा बेग्ला बेग्लै रुपमा नीलो, सेतो, रातो, हरियो र पहेंलो प्रार्थना झण्डालाई ढाकेर यो रंगीन झण्डा बेग्ला बग्लै नीलो आकाश, सेतो बादल, रातो आगो, हरियो नदी र पहेंलो भूमिको चिन्ह देखाइएको छ।

जानकारी तथा लेखहरु