फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमै

(GMT+08:00) 2018-02-08 15:03:42

आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब नेपालमै १४ वटा पुगेको छ। आठ वटा मात्र हिमाल रहेको भनी प्रचार हुँदै आए पनि पर्यटन विभागले थप ६ वटालाई सूचीकृत गरी १४ वटा पुर्‍याएको हो।

थप भएका आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको ल्होत्सेसार (८४०४ मिटर), ताप्लेजुङमा पर्ने यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कन्चनजंगा सेन्ट्रल (८४७३ मिटर, ल्होत्से मिडिल (८४१० मिटर) र यालुङ काङ बेस्ट (८०७७ मिटर) छन्। यसअघिसम्म सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु ( ८४६३ मिटर), छ्यो यु (८२०१ मिटर), धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर), अन्नपूर्ण प्रथम ( ८०९१ मिटर) सूचीकृत भएका अन्नपूर्ण पोस्टले लेखेको छ।

विभागले थप भएका हिमालको नामसहित अक्षांश, देशान्तर, उचाइ र हिमाल रहेको स्थानको विस्तृत विवरणसहित सूचीकरण गरेको विभागका प्रवक्ता लक्ष्मण शर्माले बताउनुभयो। आरोहणका लागि खुला गरिसकेका १४ अग्ला हिमालमध्ये यालुङ काङ बेस्ट (८०७७ मिटर) बाहेक सबैमा आरोहण भइसकेको शर्माले बताउनुभयो। विश्वभरमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब २० पुगेको छ। नेपालबाहिरका हिमालमा पाकिस्तानको केटु (८६११ मिटर), नांगा पर्वत ( ८१२६ मिटर), गसेरब्रुम प्रथम (८०६८ मिटर), ब्रोड पिक (८०४७ मिटर), गसेरब्रुम दोस्रो (८०३५ मिटर) र चीनको सिसापाङमा (८०२७ मिटर) छन्।

०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी ५८०० मिटरभन्दा होचा हिमाल आरोहण अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ।सरकारले हालसम्म चार सय १४ वटा हिमाललाई आरोहणका लागि खुला गरेको छ।

जानकारी तथा लेखहरु