फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा सफलतापूर्वक 'भूमि नम्बर दुई' क्षेप्यास्त्र प्रक्षेपण

(GMT+08:00) 2018-02-08 18:23:27
फेब्रुअरी छ तारिख भारतले सफलताका साथ 'अग्नि नम्बर एक'सुधारिएको क्षेप्यास्त्र प्रक्षेपण गरेपछि, सात तारिख पूर्वी भारतको उडिशा प्रदेशको चंदपुर परीक्षण अखडाबाट फेरि अर्को 'भूमि नम्बर दुई' क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

भारतीय रक्षा मन्त्रालयका पदाधिकारीका अनुसार, यस 'भूमि नम्बर दुई'को प्रक्षेपण दूरी तीन सय पचास किलोमिटर हुनुका साथै पाँच सय किलोग्रामदेखि एक हजार किलोग्रामसम्मको आणविक क्षेप्यास्त्रको टाउको जोड्न सकिने छ। यस क्षेप्यास्त्रलाई भारतीय स्थल सेनाको रणनैतिक सेनाले प्रक्षेपण गरेको छ।

थाहा पाएअनुसार, 'भूमि नम्बर दुई' क्षेप्यास्त्र भारतको रक्षा अध्ययन र विकास संगठनले लागू गरेको 'क्षेप्यास्त्र विकास योजना'मध्येको एक हो, जुन सन् 2003 मा सेनामा स्थापना गरिएको थियो।

जानकारी तथा लेखहरु