फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनवरी महिनामा चीनको विदेशी मुद्राको रिजर्भ निरन्तर वृद्धि

(GMT+08:00) 2018-02-08 18:24:12
आज फेब्रुअरी सात तारिख चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, सन्2018को जनवरीसम्म चीनको विदेशी मुद्राको रिजर्भको मात्रा लगभग एकतीस खर्ब साट्ठी अर्ब अमेरिकी डलर पुगेको छ। यो संख्या सन्2017को डिसेम्बरको अन्त्यको तुलनामा एक्काईस अर्ब पचास करोड अमेरिकी डलरले वृद्धि भएर 0.68 प्रतिशत हुन पुगेको छ। यो पनि चीनको विदेशी मुद्राको रिजर्भ निरन्तर बाह्र महिनासम्म वृद्धि भएको छ।

चीनको राष्ट्रिय विदेशी मुद्राको व्यवस्थापन व्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिले आज जनाएअनुसार जनवरीमा चीनको अन्तर्देशीय मुद्राको आवतजावत र देश विदेश व्यापार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा, गैर अमेरिकी मुद्राको विनिमय दर वृद्धि भएको आदि कारणको संयुक्त प्रभावले चीनको विदेशी मुद्राको रिजर्भ सानो परिमाणमा वृद्धि भएको पनि ती जिम्मेवार व्यक्तिले बताए।

जानकारी तथा लेखहरु