फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो 'आणविक सुरक्षा कानून'

(GMT+08:00) 2018-02-08 18:25:10

चीनको 'आणविक सुरक्षा कानून' यसै वर्षको जनवरी एक तारिखदेखि लागू गरिएको छ। सुरक्षित आणविक श्रोतको प्रयोग, आणविक प्रबन्ध तथा आणविक सामग्रीको सुरक्षा प्रत्याभूति जस्ता कुराले आणविक सुरक्षाको मापदण्डलाई उकास्नुका साथै आणविक सुरक्षाको निरीक्षणलाई सबल पारेको छ। चीनको वातावरण संरक्षण विभाग ( राष्ट्रिय आणविक सुरक्षा व्यूरो) का पदाधिकारीले आज सात तारिख पैचिङमा यस्तो कानून लागू हुनुले आणविक सुरक्षा र दिगो विकासको प्रत्याभूति गर्न, राष्ट्रको सुरक्षा गर्न, सामान्य जनताको लाभको संरक्षण गर्न, 'एक पेटी एक मार्ग'लाई अघि बढाउन तथा आणविक विद्युतीय प्रविधिको बहिर्गमन रणनीतिलाई अघि बढाउन महत्वपूर्ण अर्थ राख्ने बताए।

चीन विश्व आणविक श्रोत र आणविक प्रविधि प्रयोग गरिरहेको ठूलो मुलुक हुनुका साथै चीनको आणविक कूल पैमाना विश्वको तेस्रो स्थानमा परेको छ। त्यसैले चीनले तय गरेको पहिलो 'आणविक सुरक्षा कानून'मा सुरक्षाको प्रत्याभूति र सुरक्षा पहिलो स्थानमा राखिएको विचार पनि स्पष्ट पारिएको छ।

जानकारी तथा लेखहरु