फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको सम्झौता-वार्ताको ढोका पुन: खुल्ने चीनको विश्वास

(GMT+08:00) 2018-02-08 19:18:05

चीनका परराष्ट्र मन्त्री वाङ यीले आठ तारिख पैचिङमा अफ्रिकी संघ परिषद्का अध्यक्ष मौसा फाकीसँग चीन-अफ्रिकी संघको सातौं रणनैतिक सम्झौता-वार्ता सम्पन्न भएपछि संयुक्त रुपमा पत्रकारमाझ कुराकानी गर्नुभएको छ।

वर्तमान कोरियाली प्रायद्बीपको अवस्थाबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै मन्त्री वाङले हाल प्रायद्बीपका दक्षिण र उत्तर दुवै पक्षले प्याङ छाङ हिउँदकालीन ओलम्पिकबारे अनेकन् सकारात्मक आदान-प्रदान गरेकोमा कोरियाली प्रायद्वीपको सबैभन्दा ठूलो छिमेकी मुलुकको हैसियतले चीनले त्यसको समर्थन गरेको प्रतिक्रिया दिनुभयो।

कोरियाली प्रायद्वीपको गतिरोध अन्त्य गर्न र नराम्रो अवस्थाबाट पार पाउनका लागि सम्झौता-वार्ता नै एक मात्र उपाय हो भन्ने कुरामा पनि मन्त्री वाङले जोड दिनुभएको सिन्ह्वा समाचार समितिले लेखेको छ।

उहाँले भन्नुभयो: कोरियाली प्रायद्वीपको सम्झौता-वार्ताको द्वार पुन: खुला हुने दिन आउने विश्वास चीनले गरेको छ।

जानकारी तथा लेखहरु