फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले शिक्षा क्षेत्रमा बजेट बढाउने

(GMT+08:00) 2018-02-09 15:44:04
शिक्षा क्षेत्रमा पछिल्ला वर्षमा न्यून बजेट देखिएका बेला शिक्षाका लागि विश्वव्यापी साझेदारी (जिपिई) को अन्तर्राष्ट्रिय वित्त सम्मेलनमा नेपालले लगानी बढाएर कूल बजेटको २० प्रतिशतसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्य (एसडिजी) को लक्ष्य नं ४ पूर्तिका लागि शिक्षामा लगानी अपर्याप्त भई सार्वजनिक शिक्षाको गुणस्तर खस्केकामा आम चिन्ता देखिएका बेला शिक्षा मन्त्रालयले उक्त प्रतिबद्धता जनाएको हो। संविधानको मर्मअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्धका लागि वर्तमान बजेट अपुग मानिएको छ।

सम्मेलनमा नेपालले शिक्षा क्षेत्रको बजेट वृद्धि गरी २० प्रतिशतसम्म पुर्‍याउने र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने ४ दशमलव ४ विलियन अमेरिकी डलर समेत थप गरी शिक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सरकारले चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १० दशमलव ९७ प्रतिशत बजेट विनियोजन गरेको छ। यही २ फेब्रुअरीमा सेनेगलको डकारमा सम्पन्न सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले प्रतिनिधित्व गरी लगानी वृद्धिको प्रतिबद्धता जनाउनुभएको हो।

अनलाइनखबरका अनुसार शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले आफ्नो मन्त्रालयले लगानी बढाउन अन्तर्राष्ट्रिय र राष्ट्रिय मञ्चमा प्रतिबद्धता जनाउँदै आएपनि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको प्राथमिकतामा पर्नु चुनौतीपूर्ण भएको बताउनुभयो।

जानकारी तथा लेखहरु