फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुरक्षा अनुभवको विश्वद्वारा प्रशंसा

(GMT+08:00) 2018-02-09 15:45:10

हाल झन् झन् बढी मानिसहरूले चीनले सारा विश्वमा रहेका सबभन्दा सुरक्षित मुलुकहरुमध्येको एक मान्दै आएका छन्। वास्तवमा चीनमा औसत प्रहरी शक्ति निकै अभाव रहेको र स्थिरताका साथ सुरक्षा संरक्षण खर्च विश्व स्तरभन्दा कम रहेको अवस्था छ। के भन्नसकिन्छ भने चिनियाँ विशेषतायुक्त सुरक्षा अवस्थामा कम लगानीबाट उच्चस्तरीय स्थिरता कायम राखिंदै आएको छ।

सन् 2017 चीन पुनः एकपल्ट सारा विश्वमा न्यूनतम मृत्यु मुद्दा देखापरेको मुलुकमध्येको एक बनेको छ। गम्भीर हिंसात्मक आपराधिक मुद्दाको संख्या गत सन् 2012 को तुलनामा ५१.८ प्रतिशतले तल झरेको छ भने समाजको सुरक्षा र स्थिरता सम्बन्धी सर्वसाधारणको सन्तुष्टी दर ९५.५५ प्रतिशतसम्म पुगेको देखिन्छ।

चिनियाँ जन सार्वजनिक सुरक्षा विश्वविद्यालयका प्राध्यापक वाङ ता वैले देशभित्र वा बाह्य जगतको मूल्याङ्कन सूचीबाट हेर्दा चिनियाँ समाजको सुरक्षा अङ्क सारा विश्वको अग्रस्थानमा रहेको कुरा ‌औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु