फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राज्य परिषद्का सदस्य याङ्ग चे छद्वारा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता

(GMT+08:00) 2018-02-09 15:45:56

अमेरिकाको भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य एवम् चीनको राज्य परिषद्का सदस्य याङ्ग चे छले हिजो फेब्रुअरी आठ तारिख अमेरिकी राज्य परिषद्मा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गर्नुभएको छ।

याङ्गले विगत एक वर्षमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त नेतृत्वमा चीन-अमेरिका सम्बन्धमा महत्वपूर्ण सक्रिय प्रगति हासिल गरिएको बताउनुभयो। यस वर्षयता दुई मुलुकका नेतागणले टेलिफोन, चिठीमार्फत धेरै पटक वैचारिक आदानप्रदान गरेर नयाँ वर्षमा चीन अमेरिका सम्बन्धको विकासको दिशा निर्देश गरेको उहाँले पनि बताउनुभयो।

प्रत्युत्तरमा अमेरिकी विदेशमन्त्री टिलर्सनले अमेरिका-चीन सम्बन्ध निकै महत्वपूर्ण भएकाले अमेरिकाले पनि चीनसँग संयुक्त प्रयास मार्फत् दुई मुलुकका नेतागणले पैचिङमा जनाएका सहमति र उपलब्धीलाई व्यवहारमा उतार्ने बताउनुभयो। दुई पक्षले आपसी हितयुक्त सहयोगलाई सुदृढ र विस्तृत पार्ने, आपसी आदर गर्ने मनोवृत्ति लिएर मतभेदको समाधान गर्ने, दुई मुलुकको सम्बन्धमा अझ बढी सक्रिय प्रगति हासिल उन्मुख बनाउनुपर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु