फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अन्तर्राष्ट्रिय समाजसँगको प्रयासमा अन्तरदेशीय डिजिटल वाणिज्यको विकासलाई अघि बढाउने

(GMT+08:00) 2018-02-09 15:46:36

चीनको प्रमुख भन्सार कार्यालयका प्रमुख यु क्वाङ्ग चौले आज फेब्रुअरी नौ तारिख पैचिङमा बोल्दै चीनले प्रविधिको प्रयोग गर्ने आदि क्षेत्रमा नियम तर्जुमा गर्दै अन्तर्राष्ट्रिय समाजसँगको संयुक्त प्रयासमा अन्तर्देशीय डिजिटल वाणिज्यको विकासलाई अघि बढाउने बताउनुभएको छ।

उहाँले अन्तर्देशीय डिजिटल वाणिज्य विश्व उपभोग र उत्पादनबीच सम्पर्कको पुल रहनुका साथै संरक्षणवादमाथि प्रहार गर्ने, व्यापारिक स्वतन्त्रता र सुविधाको महत्वपूर्ण शक्ति भएको पनि बताउनुभयो।

हालै चीनले विश्व भन्सार संगठनका अन्य सदस्यसँग संयुक्त रुपमा अध्ययन गरी 'अन्तर्देशीय डिजिटल वाणिज्य मापदण्डको प्रारुप' तय गर्दै छ ।

अन्तर्देशीय डिजिटल वाणिज्य क्षेत्रमा चीनले अन्तर्राष्ट्रिय भन्सार विभागसँग 'सूचना आदानप्रदान गर्ने, निगरानी र व्यवस्थापनमा आपसी समन्वय गर्ने, कानून कार्यान्वयनमा आपसी हातेमालो गर्ने' नीति बनाउँदै विभिन्न पक्षले भाग लिने मैत्रीपूर्ण समन्वय संयन्त्रको स्थापना गर्ने जानकारी पनि प्रमुख युले दिनुभएको छ।

जानकारी तथा लेखहरु