फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेइसौं हिउँदकालीन ओलम्पिक खेलकुद दक्षिण कोरियाको प्याङछाङमा शुरु

(GMT+08:00) 2018-02-09 19:13:39

तेइसौं हिउँदे ओलम्पिक खेलकुदको उद्धाटन समारोह स्थानीय समयअनुसार फेब्रुअरी नौ तारिख राति आठ बजेतिर दक्षिण कोरियाको प्याङ छाङमा शुरु भएको छ।

गणतन्त्र कोरियाका राष्ट्रपति मुन जाइ यीन र अन्तर्राष्ट्रिय ओलम्पिक परिषद्का अध्यक्ष थोमास बाहको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य हान चङ सो उद्धाटन समारोहमा सहभागी हुनुभयो।

प्राप्त जानकारी अनुसार, यस पटकको हिउँदकालीन ओलम्पिक फेब्रअरी नौदेखि पच्चीस तारिखसम्म जम्मा सत्र दिनसम्म चल्ने छ। यस अवधिमा ९२ वटा मुलुक र क्षेत्रका २ हजार ९ सय २५ जना खेलाडीहरूले एक सय दुई किसिमका खेलमा प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु