फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात

(GMT+08:00) 2018-02-10 14:42:05

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ। नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

नेपालमा उत्पादन भएको मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीमा लैजाने गरिएको केरुङमा रहेका नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताउनुभयो। पौडेलका अनुसार सुनसरी, काठमाण्ठौ र धादिङको कारगारबाट उत्पादन भएको मुडा लैजाने गरिएको छ । 'अन्य कारागारबाट पनि मुडा संकलन हुने गरेको छ, पौडेलले भन्नुभयो, तर यी ३ जिल्लाबाट बढी संकलन हुन्छ।'

नेपालमा उत्पादन भएको मुडा चीनमा निर्यात गर्ने व्यापारीमा मुकुन्द पौडेल, बुद्धीप्रसाद पौडेल र राजु प्याकुरेल रहेका छन् । नागरिकन्यूज डटकमका अनुसार आर्थिक वर्ष २०७४–७५ को पहिलो ६ महिनामा ३ करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको थियो।

चीन गत आर्थिक वर्षमा १ करोड २० लाख १५ हजार बराबरको मुडा निर्यात भएको प्लान्टल क्वारेन्टाइन अधिकृत रामनारायण यादबले जानकारी दिनुभयो। गत वर्ष २१ हजार ४ सय ५५ थान बाँसको मुडा निर्यात भएको उहाँको भनाई छ।

जानकारी तथा लेखहरु