फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय सिंचाइ तथा जल विकास नियोगको सम्मेलन पहिलोपटक नेपालमा हुने

(GMT+08:00) 2018-02-10 14:45:15

अन्तर्राष्ट्रिय सिंचाइ तथा जल विकास नियोग (आईसीआईडी) को आठौं एशियाली क्षेत्रीय सम्मेलन नेपालमा पहिलो पटक हुने भएको छ। मुलुकको सिंचाइ तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र यस क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धात्मक र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन विस २०७५ वैशाख १९ देखि २१ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

सिंचाइ विभाग र नेपाल राष्ट्रिय सिंचाइ तथा जल निकास समितिको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको आईसीआईडीका उपाध्यक्षसमेत रहनुभएका जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्वासेले आयोजित कार्यक्रममा जानकारी गराउनुभयो।

सम्मेलनको मुख्य विषय 'सदा हरित क्रान्तिका लागि सिँचाइ' रहेको र यस अन्तर्गत यस क्षेत्रका प्रमुख समस्यालाई सम्बोधन गर्ने गरी पाँचवटा विभिन्न उपविषय रहेको सहसचिव बेल्वासेले बताउनुभयो।

जानकारी तथा लेखहरु