फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

23 औँ हिउँदकालीन ओलम्पिक खेलकुद दक्षिण कोरियाको प्योङछाङमा शुरु

(GMT+08:00) 2018-02-10 14:49:36

23 औँ हिउँदे ओलम्पिक खेलकुदको उद्धाटन समारोह स्थानीय समयअनुसार फेब्रुअरी नौ तारिख राति आठ बजेतिर दक्षिण कोरियाको प्योङछाङमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य हान चङ आमन्त्रित भई सो उद्धाटन समारोहमा सहभागी हुनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

प्राप्त जानकारी अनुसार, चीनले जम्मा एक सय एक्कासीजनाबाट गठित प्रतिनिधि मण्डललाई पठाएको छ। बयासीजना चिनियाँ खेलाडीले जम्मा पच्पन्न किसिमका खेलमा प्रतिस्पर्धा गर्ने छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक परिषद्का अध्यक्ष थोमास बाहले उद्धाटन समारोहलाई सम्बोधन गर्नुभएको छ। स्थानीय समय अनुसार राति नौ बजेर बयालीस मिनेट जाँदा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जाइ यीनले 23 औँ हिउँदे ओलम्पिक खेलकुद शुरु भएको घोषणा गर्नुभएको छ।

जानकारी तथा लेखहरु