फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेष प्रतिनिधि तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइयीन बीच भेटवार्ता

(GMT+08:00) 2018-02-10 14:50:14

आमन्त्रित भई गणतन्त्र कोरियाको प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुदको उद्धाटन समारोहमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य हान चङले फेब्रुअरी आठ तारिख दिउँसो सिओलको छोङ वा दाइमा गणतन्त्र कोरियाली राष्ट्रपति मुन जाइ यीनसँग भेटवार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भेटका अवसरमा हान चङले सर्वप्रथम राष्ट्राध्यक्ष सी चिन फिङको अभिवादन हस्तान्तरण गर्दै प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद सफलताको शुभकामना पनि प्रकट गर्नुभएको थियो। गणतन्त्र कोरियासँगै मिलेर दुवै देशका राष्ट्रनायकद्वारा निश्चित गरिएको दिशा बमोजिम आपसी सम्मान र समर्थनलाई कायम राखेर संयुक्त रुपमा चीन-गणतन्त्र कोरिया सम्बन्धलाई अघि बढाउँदै जान चीन इच्छुक रहेको कुरा पनि हान चङले औँल्याउनुभएको छ।

प्रत्युत्तरमा मुन जाइ यिनले चीनसित सम्पर्क र समन्वयलाई मजबुत पारी शान्ति तवरले कोरियाली प्रायद्बीप समस्याको समाधान गर्नुका साथै यस क्षेत्रको दिगो विकास र समृद्धिलाई साकार तुल्याउने आशा गणतन्त्र कोरियाले गरेको बताउनुभयो।

यसका अतिरिक्त हान चङले फेब्रअरी नौ तारिख प्याङछाङमा बेग्ला बेग्लैगरी अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमास बाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेससँग पनि भेटघाट गर्नुभएको छ।

जानकारी तथा लेखहरु