फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प र चीनको राज्य परिषद्का सदस्य याङ चे छ बीच भेटघाट

(GMT+08:00) 2018-02-10 14:51:01

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी नौ तारिख ह्वाइट हाउसमा अमेरिकाको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् राज्य परिषद्का सदस्य याङ चे छसँग भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा सदस्य याङले ट्रम्पसमक्ष राष्ट्राध्यक्ष सी चिन फिङको हार्दिक अभिवादन हस्तान्तरण गर्नुभयो। उहाँका अनुसार, गत वर्षको नोभेम्बर महिनामा ट्रम्पको चीन भ्रमण अवधिमा राष्ट्रपति ट्रम्प र राष्ट्राध्यक्ष सी बीच महत्वपूर्ण मतैक्यता प्राप्त भएको थियो। यस वर्ष शुरुयता दुवै देशका राष्ट्रनायकले टेलिफोन वा चिट्ठीमार्फत घनिष्ट सम्पर्क राख्दै सक्दो प्रयासमार्फत विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यलाई विस्तृत रुपमा बढाउन दुवै देशका सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ।

प्रत्युत्तरमा राष्ट्रपति ट्रम्पले सदस्य याङमार्फत राष्ट्राध्यक्ष सीलाई पनि हार्दिक अभिवादन हस्तान्तरण गर्नुभएको छ। साथै उहाँले चीनसँगको सहयोगलाई सबल पारेर दुवै देशको सम्बन्धलाई अझ सक्रियताका साथ विकसित पार्दै जान अमेरिका इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु