फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2018-02-10 14:51:47
फेब्रुअरी चार तारिख श्रीलंकाले राजधानी कोलम्बोमा कवाज प्रर्दशन गरेर स्वातन्त्रताको ७०औं वार्षिकोत्सव मनाइएको छ। श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रणिल विक्रमासिंघे लगायत नेताहरूले सैन्य परेडको अवलोकन गरेका छन्। राष्ट्रपति सिरिसेनाले श्रीलंकाले स्वतन्त्रताको सत्तरी वर्ष यता द्रूत गतिले विकास गर्दै आएर धेरै कठिनाई पनि पार गरेको बताउनुभयो। भविष्यमा श्रीलंकाले आर्थिक, सांस्कृतिक, सामाजिक आदि क्षेत्रको विकास गर्दै जाने राष्ट्रपति सिरिसेनाले उल्लेख गर्नुभयो। इतिहासमा श्रीलंका पोर्चुगल, नेदरल्याण्ड तथा बेलायतको उपनिवेश भएको थियो। सन् 1948 मा स्वतन्त्र भएपछि श्रीलंकामा हरेक वर्षको फेब्रुअरीको चार तारिखका दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ।

चार तारिख / भारत र पाकिस्तानले काश्मीर क्षेत्रको भारत-पाकिस्तान वास्तविक नियन्त्रण रेखाको वरिपरि गाली हानाहान गर्दा केहीको मृत्यु हुनुका साथै कोही घाइते भएका छन्। पाकिस्तानी सैनिक समाचार व्यूरोले चार तारिख वक्तव्य प्रकाशित गर्दै भारतीय सेनाले सोहि दिन 'कुनै कारण विना नै' काश्मीर वास्तविक नियन्त्रण रेखाका पाकिस्तानी पक्षमाथि गोली हानेकोले एक जना सामान्य नागरिकको मृत्यु हुनुका साथै दुई जना बालक घाइते भएको जनाएको छ। पाँच तारिख भारतीय सेनाका एक जना प्रवक्ताले पाकिस्तानले युद्ध विराम सन्धिको उल्लंघन गरी भारत नियन्त्रित काश्मीरको रजौरी क्षेत्रमा गोली प्रहार गरेर एक जना भारतीय सैनिक अधिकारी तथा तीन जना सैनिक मारेको दोषारोपण गरेका छन्। त्यसपछि भारतले प्रतिकार स्वरूप प्रहार गरेको पनि ती प्रवक्ताले बताए।

तीन तारिख / वार्षिक 'भारतीय ग्रामीण क्षेत्रस्तरीय ओलम्पिक खेलकुद समारोह' पञ्जाव प्रदेशको किला रायपुरमा शुरु भयो। यस पटकको 'भारतीय ग्रामीण क्षेत्र ओलम्पिक खेलकुद समारोह'मा चालिसदेखि पचाससम्म उमेरबीच प्रतियोगिता आयोजना गरिने अनुमान छ। यी मध्ये धेरैजसो असामान्य खेलकुद योजना रहेका छन्, उदाहरणका लागि दाँतले ईटा उठाउने, कपालले कार तान्ने आदि। 'भारतीय ग्रामीण क्षेत्रीय ओलम्पिक खेलकुद समारोह' सन्1933मा शुरु भएर भारतका किसानहरुले मनाउने एक परम्परागत गतिविधि हो। यस गतिविधिको उद्देश्य भारतीय परम्परा र संस्कृतिलाई प्रसारण गर्ने रहेको छ भने यस गतिविधिमा हरेक वर्ष हजारौं मानिसले भाग लिने गर्दछन्।

तीन तारिख / पाकिस्तान सैनिक समाचार व्यूरोले एउटा वक्तव्य प्रकाशित गर्दै उत्तर पश्चिमी पाकिस्तानको स्वात क्षेत्रमा रहेको एउटा सैनिक अखडामा सोहि दिन आत्मघाती बम विस्फोटन हुँदा ११ जना सैनिकको मृत्यु हुनुका साथै तेह्र जना घाइते भएका छन्। पाकिस्तानको तालिवान संगठनले यस आक्रमणको दावी गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीले कडा शब्दमा निन्दा गर्दै पाकिस्तानले आतंकवादमाथि प्रहार गर्दै जाने दृढता व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु