फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा चिनियाँ वसन्त चाडको स्वागत गरिंदै

(GMT+08:00) 2018-02-10 14:54:21

स्थानीय समय अनुसार फेब्रुअरी नौ तारिख राति चीनको सांस्कृतिक विभागद्वारा पठाइएको क्वाङ्ग सी सांस्कृतिक कला प्रतिनिधिमण्डलको 'सन्2018 खुसीयालीमय वसन्त चाड'विशेष प्रदर्शनी भारतको राजधानी नयाँ दिल्लीको एन.सी.यू.आई थिएटरमा आयोजित भयो। भारतका लागि चीनका राजदूत ल्वो चाउ ह्वी तथा उहाँका श्रीमती च्याङ्ग यी ली सल्लाहकार, भारत सांस्कृतिक सम्बन्ध समितिका भुतपूर्व प्रमुख अमरेंद्र केतुआ तथा नेहरु स्मरण संग्रहालयका अध्यक्ष प्रोफेसर लोकेश चंद्रले उक्त कार्यक्रममा भाग लिनुभयो।

राजदूत ल्वोले आफ्ना सम्बोधनका क्रममा उपस्थित भएका भारतीय र अन्य मुलुकका अतिथिलाई चीनको वसन्त चाडको सम्बन्धित चलनबारे जानकारी दिंदै वसन्त चाड चीनको सबभन्दा महत्वपूर्ण चाड भएको र चिनियाँहरुले वसन्त चाड मनाउने प्रचलन पनि भारतको तिहार जस्तै रहेको सुनाउनुभयो।

नयाँ वर्षमा नयाँ आशा पनि लिइएको छ। चीनले भारतसँग थप प्रयास गरी आपसी राजनैतिक विश्वासलाई अघि बढाएर आर्थिक, व्यापारिक तथा व्यावहारिक सहयोगलाई विस्तृत पार्ने, नयाँ वर्षमा दौत्य सम्बन्धमा नयाँ विकास हासिल गर्ने अपेक्षा पनि राजदूत ल्वोले गर्नुभयो।

जानकारी तथा लेखहरु