फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालको संयोजकत्वमा सन् 2018 अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोहको आयोजना

(GMT+08:00) 2018-02-10 17:56:50

चीनको युन नान प्रान्तीय जन सरकार प्रेस कार्यालय, नेपालका लागि चिनियाँ राजदूतावास र नेपालको सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संयोजकत्वमा सन् 2018 चीन-नेपाल अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोह फेब्रुअरी नौ तारिख नेपालको राजधानी काठमाडौंमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका अतिथिहरूले चिनियाँ साथीहरूसँगसँगै वसन्त चाडको सुखीयाली र रमाइलो वातावरणको उपभोग गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत यु होङले समारोहलाई सम्बोधन गर्दै सन् 2017 चीन-नेपाल सम्बन्ध विकसित हुनुका साथै कुल ब्यापारिक रकम सन् 2016को तुलनामा एघार दशमलब दुई प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो। उहाँका अनुसार, चीन लगातार दुई वर्षगरी नेपालका लागि सबैभन्दा ठूलो लगानीकर्ता मुलुक बनिसकेको छ। यसबाहेक, दुवै देशबीच बेल्ट एण्ड रोड सहकार्यको समझदारी पत्र पनि सम्पन्न भएको छ भने सीमा पार स्थल अप्टिकल फाइबर पनि खोलिसकिएको छ।

जानकारी तथा लेखहरु