फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोश्रो भ्वाइस अफ चाइनाको अन्तिम प्रतियोगिता काठमाडौंमा सम्पन्न

(GMT+08:00) 2018-02-10 19:32:41

दोश्रो भ्वाइस अफ चाइनाको अन्तिम प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ। प्रतियोगितामा १०० जना नेपालीमध्ये छानिएका १२ जनाले चिनियाँ भाषाका विभिन्न गीतहरू गाएर सुनाएका थिए।

चिनियाँ दूतावास,सांस्कृतिक विभागका प्रमुख छ् तान पाइमुले यस्ता गतिविधिबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध विकासमा सघाउ पुग्ने बताउनुभयो। यस्तै नेपालस्थित चिनियाँ व्यवसायहरूको परिषदका उपाध्यक्ष छियान रूइले प्रतियोगिताको सफलताको कामना गर्नुभयो।

प्रतियोगितामा द स्टोरीटेलर कम्पनीबाट आउनुभएकी अल्फा मैयाँ शाक्यले प्रथम पुरस्कार जित्नुभयो। प्रतियोगितापछि वसन्त चाड सांस्कृतिक गतिविधि आयोजना गरिएको थियो। सहभागिहरूलाई नेपालका लागि चिनियाँ राजदूत यु होङले पुरस्कार वितरण गर्नभुयो।

जानकारी तथा लेखहरु