फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्यालेन्टाइन डेका लागि भारतबाट एक करोडको गुलाबका फूल आयात

(GMT+08:00) 2018-02-11 13:27:50
यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ।आन्तरिक उत्पादनले मागको २० प्रतिशतमात्र धान्ने भएकाले ८० प्रतिशत भारतबाट आयात गरिएको हो।

नेपाल फ्लोरिकल्चर एसोसियसनले जनाए अनुसार यसवर्ष २ लाख ३० हजार पिस गुलाबको माग छ जसमध्ये ५० हजार स्वदेशमै उत्पादन हुन्छ भने बांकी १ लाख ८० हजार भारतबाट आयात गरिन्छ। 'हाम्रो उत्पादनले मागको २० प्रतिशतसम्म मात्र धान्ने अवस्था छ। त्यसैले भारतबाट एक लाख ८० हजार गुलाब आयात हुन्छ', एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भन्नुभयो।

गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशले माग बढेको छ। गत वर्ष करिब १ लाख ९० हजार गुलाब प्रणय दिवसका दिन खपत भएको थियो। श्रेष्ठका अनुसार ५ देखि ७ हजार पिस गुलाब दैनिक माग हुने गरेकोमा प्रणय दिवसको एक हप्ताभरी २ लाख पुग्छ। तर वार्षिकरुपमा माग बढ्दै गएपनि उत्पादन भने वृद्धि हुन सकेको छैन्। गत वर्ष करिब ५० हजार गुलाब उत्पादन भएको थियो। उत्पादनमा वृद्धि हुन नसक्नुका पछाडि हाइटेक प्रविधिको अभाव प्रमूख भएको सेतोपाटी अनलाइनले लेखेको छ।

प्रेम दिवसमामा ८० प्रतिशत, दसैँतिहारमा २० प्रतिशत तथा ग्रीन प्लान्ट सिजनलका रुपमा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको श्रेष्ठको भनाई छ।

त्यस्तै अन्य फूल जस्तो वर्षभरी नै उच्च माग नहुने भएकाले पनि गुलाब खेतीमा पर्याप्त लगानी हुन नसकेको श्रेष्ठको ठहर छ।

श्रेष्ठले दश वर्षअघिसम्म नेपालबाट बेलायत र जापानमा मात्रै वार्षिक ३ करोडको गुलाब निर्यात हुने गरेको भन्दै 'सिजनल गुलाब' मा ठूलो लगानी हुन नसकेको बताउनुभयो।

सुन्दरीजलमा नेपाली र विदेशीको सयुक्तं लगानीमा एभरेष्ट फ्लोरिकल्चर फार्म सञ्चालनमा थियो। तर राजनितिक अस्थिरता तथा व्यवस्थापकिय कमजोरीका कारण सो फार्म २०६४ मा बन्द हुन पुगेको थियो। यद्यपि उहाँले समग्र पुष्प व्यवसाय फस्टाउँदै गएको भन्दै केहि वर्षमै आत्मनिर्भरको अवस्था आउने दाबी गरे। तर बजारमा गुलाबको मूल्यमा भने एकरुपता छैन्। पसलपिच्छे फूलको मूल्य व्यवसायीले मनपरी रुपमा निर्धारण गर्ने गरेका छन्।

पुलचोकका व्यवसायी रामकृष्ण श्रेष्ठको भनाईमा यी गुलाबहरु भ्यालेन्टाइन डेको एक हप्ताअघिबाटै बजारमा आउँछन्। त्यसैले व्यवसायीले कति दिनअघि कुन ठाँउबाट ल्याएका हुन त्यसकै आधारमा मूल्य निर्धारण गर्ने गर्छन्।

स्थानीय स्तरमा भक्तपुर, काभ्रे, बनेपा लगायतका क्षेत्र तथा भारतको कलकत्ता, बैंगलोर, दिल्लीबाट गुलाब आयात हुने गरेको व्यवसायीहरु बताउँछन्। वि.सं. २०११ सालमा नेपाल प्राइभेट नर्सरी मार्फत सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हालसम्म ३९ जिल्लामा फैलिएको छ। यसमा लगभग ६ सय ७८ व्यवसायी छन्। गत आर्थिक वर्षमा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात तथा साढे ३ करोडको निर्यात भएको थियो। हाल देशको लगभग १ सय ४८ हेक्टर क्षेत्रफलमा पष्प व्यवसाय भइरहेकोमा यसमा ४१ हजार जना व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा आश्रित रहेका छन्।

जानकारी तथा लेखहरु