फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानका राष्ट्रपतिबाट राष्ट्रिय सुरक्षा विभागका उच्च अधिकारीहरूलाई गौरव पदक वितरण

(GMT+08:00) 2018-02-11 14:21:02

हिजो फेब्रुअरी दश तारिख अफ्गानिस्तानका राष्ट्रपति अश्रफ घानीले राष्ट्रपति भवनमा सत्र जना राष्ट्रिय सुरक्षा विभागका उच्च पदाधिकारीलाई गौरव पदक वितरण गर्नुभएको छ। यसले उनीहरुले मुलुकको एकता र सामाजिक स्थिरता संरक्षणमा गरेको उपलब्धीको प्रशंसा गरेको छ।

अफ्गानिस्तान बाख्तार समाचार समितिका अनुसार, यी सत्र जना बेग्ला बेग्लै रुपमा अफ्गानिस्तान रक्षा मन्त्रालय, विशेष सेना,वायु सेना, विशेष प्रहरी पाँच वटा राष्ट्रिय सुरक्षासम्बन्धी विभागबाट परेका छन्।

राष्ट्रपति घानीले पदक वितरण समारोहमा यी पदाधिकारीको उच्च प्रशंसा गर्नुका साथै उनीहरुलाई अफ्गानिस्तान सरकार र जनताको गर्वको रूपमा ठान्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा प्रयास गरी सुरक्षा विभागको सुधार तथा विकासलाई अघि बढाउने, राष्ट्रिय सुरक्षाको प्रत्याभूति क्षमताको निर्माणमा पनि प्रयास गर्दै जाने बताउनुभएको छ।

जानकारी तथा लेखहरु