फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषद्का सदस्य याङ चे छको अमेरिका भ्रमण

(GMT+08:00) 2018-02-11 15:44:16

चीनको राज्य परिषद्का सदस्य याङ चे छले फेब्रुअरी आठदेखि नौ तारिखसम्म अमेरिकाको भ्रमण गर्नुभयो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले स्थानीय समय अनुसार दश तारिख वाशिङ्टनमा बोल्दै यस भ्रमण चीन-अमेरिका राष्ट्रनायक बीचको पैचिङ भेट-वार्तापछि दुवै देशका उच्च तहबीच गरिएको प्रत्यक्ष सम्पर्क रहेको कुरा बताउनुभयो। साथै उहाँले यस भ्रमणबाट अर्को चरणमा दुवै राष्ट्रनायकबीच पैचिङ भेट-वार्तामा सम्पन्न मतैक्यता, प्रतिफल र योजनालाई व्यवहारमा उतार्नुका साथै विभिन्न क्षेत्रमा रहेका दुवै देशबीचको आवात-जावत तथा सहकार्यलाई अघि बढाउनका लागि सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, भ्रमण अवधिमा सदस्य याङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्नुबाहेक अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनसँग पनि वार्ता गर्नुभएको थियो।

दुवै पक्षले यस वर्षको पूर्वार्धमा चीनमा दोस्रो चरणको चीन-अमेरिका कूटनैतिक सुरक्षा सम्झौता-वार्ताको आयोजना गर्ने निर्णय गर्नुका साथै यसै वर्ष छिटोभन्दा छिटो गरी दोस्रो चरणको सम्पूर्ण आर्थिक सम्झौता-वार्ता, सामाजिक र मानसिक सम्झौता-वार्ता तथा कानुन कार्यान्वयन तथा साइबर सुरक्षा सम्झौता-वार्ताको आयोजना गर्ने सहमति जनाएका छन्।

जानकारी तथा लेखहरु