फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"दक्षिण दक्षिण सहयोग कोष"द्वारा बंगलादेशलाई सहयोग प्रदान

(GMT+08:00) 2018-02-12 16:35:28

         चीनको"दक्षिण दक्षिण सहयोग कोष"ले बंगलादेशमा गरेको पहिलो ल्यान्डिङ परियोजना मार्फत यही फेब्रअरी दश तारिख ढाकामा सामग्री वितरण समारोहको आयोजना गरेको छ। "दक्षिण दक्षिण सहयोग कोष"ले संयुक्त राष्ट्र संघीय विकास योजना बन्दोबस्त विभागसँगसँगै बंगलादेशको बाढी प्रकोपपछि पुनःनिर्माण गर्नेमा सहायता प्रदान गर्नका लागि संयुक्त रुपमा उक्त समारोहको आयोजना गरेको हो।

        बंगलादेशस्थित संयुक्त राष्ट्र संघीय विकास योजना बन्दोबस्त विभागका प्रतिनिधि सुदिप्टो मुकर्जीले उक्त समारोहलाई सम्बोधन गर्दै केही वर्षयता चीनले दक्षिण दक्षिण सहयोगमा सक्रिय भाग लिँदै आएको बताउनुभयो। बंगलादेशका लागि गरिएको यो सहायता योजनाबाट बंग्लादेशका 13 हजार 9 सय 10 परिवारका लगभग 70 हजार व्यक्ति लाभान्वित हुनेछन्।

          बंगलादेशस्थित चिनियाँ राजदूताबासका वाणिज्य काउन्सिलर ली क्वाङ्ग चुनका अनुसार चीन र बंगलादेश असल छिमेकी तथा साझेदारी हुन्। चीनले सधैँ द्बिपक्षीय तथा बहुपक्षीय सहयोगात्मक संयन्त्रमार्फत बंगलादेशलाई सकेसम्म सहायता प्रदान गर्दै आएको छ। भविष्यमा चीनले बंगलादेशका सम्बन्धी सरकारी विभाग र अन्तर्राष्ट्रिय सहयोग संगठनसँग खास तथा प्रभावकारी सहयोग गर्दै बंगलादेशको पुनःनिर्माणका लागि प्रयास गर्दै जाने छ।

जानकारी तथा लेखहरु