फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा चीनको शुभकामना

(GMT+08:00) 2018-02-12 18:44:57
      नेपालको निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको निर्वाचन नतिजा सार्वजनिक गरेको छ। सोप्रति पत्रकार सम्मेलनका चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चङ्ग श्वाङ्गले आज फेब्रुअरी बाह्र तारिख नेपालले संघीय संसद र प्रदेशसभाको निर्वाचन सुचारु रुपमा सम्पन्न भएकोमा चीनले शुभकामना दिएको बताउनुभयो। नेपाली जनताको छनौटलाई चीनले सम्मान दिएको पनि व्यक्त गर्नुभएको छ।

      निर्वाचनको नतिजा अनुसार नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको संयुक्त गठबन्धनले अधिकाँश सिटमा जित्न सफल भएका छन्। नेपालका मुख्य सञ्चार माध्यमले उक्त निर्वाचनलाई सकारात्मक मूल्याङ्कन गरेको देखिन्छ।

जानकारी तथा लेखहरु