फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा स छ्वानमा तैनाथ सैनिक आधारको निरीक्षण

(GMT+08:00) 2018-02-12 19:48:32

         चीनको परम्परागत वसन्त चाड आउनुअगाडि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले स छ्वानको एक सैन्य आधार शिविरको निरीक्षण गरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट सबै सेनालाई वसन्त चाडको शुभकामना दिनुभएको छ।

        सो अवसरमा उहाँले सबै सेनाले उन्नाइसौँ महाधिवेशनको अनुभव लिएर नयाँ युगमा पार्टीको शक्तिशाली सेना बनाउने विचारमा अडिग रही राजनीतिक रुपमा सेनाको स्थापना गर्ने, सुधार गरी सेनालाई बलियो बनाउने, विज्ञान तथा प्रविधिको आधारमा सेनालाई प्रबर्द्धन गर्ने, ऐनबमोजिम सेनाको शासन गर्ने नीतिमा अडिग रहेर नयाँ युगमा सेनालाई बलियो बनाउन अझ ठूलो योगदान गर्नुपर्ने दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु