फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्प माछापालनमा अभिरुचि र खुशी

(GMT+08:00) 2018-02-13 15:37:29

सी.आर.आई तमिल सेवाको सम्वाददाता चाङ्ग चे माछापालनका शौखिन हुन्। उनले कार्प माछा पाल्नका लागि बगैंचासहितको घर-आवास किनेका छन्। उनले बगैंचामा २.५ मिटर लामो, २.२ मिटर चौडा र १.३ मिटर गहिरो पोखरी झैं एक्वैरियम निर्माण गरेका छन् र उक्त पुलमा उनले सात वटा कोइ कार्प माछा पालेका छन्।

कोइ कार्प एक किसिमको रङ्गीन माछा हो। चिनियाँ मूलको रातो कार्पलाई जापानमा कृत्रिम प्रजननबाट हालको रङ्गीन कोइ कार्प बनाइएको हो। कोइ कार्पलाई जापानको राष्ट्रिय माछा मानिन्छ। कोइ कार्पको सरदर उमेर ७० वर्षको हुन्छ। त्यसैले चाङ्गले कोइ कार्पलाई आफ्नो साथीको रुपमा पालन गरेका छन्।


1  2  
जानकारी तथा लेखहरु