फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहर र गाउँको विकास एउटै गतिमा हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2018-02-13 16:34:55

          यिङ्ग स्यो जिल्लापछि राष्ट्राध्यक्ष सीले छङ्ग तु शहरको भि तु क्षेत्रको खाङ्ग छाङ्ग सडकको चान छी गाउँको निरीक्षण गर्नुभएको छ। यो चान छि गाउ"राष्ट्रिय सभ्यता गाउँ"मात्र नभइ स्थानीय"नयाँ गाउँको निर्माण नमूना"र"सामूहिक दश शक्तिशाली आर्थिक गाउँ"मध्येएको एक पनि हो। सन् 2017 मा यस गाउँको सामूहिक आर्थिक आय 46 लाख 20 हजार चिनियाँ युआन पुगेको छ। स्थानीय बासिन्दाको औसत आय 26 हजारभन्दा बढी छ भने यो अंक राष्ट्रिय औसत स्तरभन्दा धेरै बढी भएको देखिन्छ। राष्ट्राध्यक्ष सीले सम्पन्न समाजलाई चौतर्फी व्यवहारमा उतारेपछि निरन्तर रुपमा गाउँको पुनःरुत्थानका लागि प्रयास गर्नु पर्ने बताउनुभयो। शहरको विकास गर्दै गाउँको विकासलाई पनि जोड दिनुपर्ने बताउँदै गाउँको विकासमा व्यवसायको विकास मात्र नभइ सामग्री सभ्यता,आध्यात्मिक सभ्यता र साँस्कृतिक जीवनको विकास पनि हुनुपर्ने उहाँले बताउनुभयो।


1  2  
जानकारी तथा लेखहरु