फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहर र गाउँको विकास एउटै गतिमा हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2018-02-13 16:35:02

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङले हिजो फेब्रुअरी बाह्र तारिख स छ्वान प्रान्तको निरीक्षण गर्नुभएको छ। हिजो विहान राष्ट्राध्यक्ष सीले सन् 2008 को मे बाह्र मा वन छ्वान विनाशकारी भूकम्प गएको केन्द्रीय क्षेत्र यिङ्ग स्यो जिल्लामा पुगेर भूकम्प गएपछि दश वर्षसम्म त्यहाँको पुनःनिर्माण परिस्थितिको निरीक्षण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले श्वान खौ माध्यमिक स्कूलको भूकम्प स्थलमा वन छ्वान भूकम्पबाट मरेका र भूकम्पको उद्धार कार्यमा मरेका वीरहरुलाई फूलको बास्केट चढाउनुका साथै ती मृतकलाई तीन पटक झुकेर सम्मान प्रकट गर्नुभएको छ। उहाँका अनुसार भूकम्प स्थललाई देशभक्त शिक्षाको आधारको रुपमा बनाउँदै राम्रोसँग संरक्षण गर्नुपर्छ।

1  2  
जानकारी तथा लेखहरु