फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तुङपै ड्रम गायन र चाइना मर्मत कलाको बिँडो

(GMT+08:00) 2018-02-14 09:11:12

तुङपै ड्रम गायन चीनको उतर पूर्वी क्षेत्रमा पाइने लोक कला हो र यसको सुनौलो समय छिङ राजवंशकाल थियो। त्यसपछि चीनमा लामो समयसम्म युद्ध भएकोले यस किसिमको लोककला जान्ने व्यक्तिको संख्यामा ठूलो ह्रास आएको थियो। चीनमा सुधार तथा खुलापनपछि टी.भी. र पप गीत लोकप्रिय बन्दै गइरहेको अवस्थामा तुङपै ड्रम गायन लोप हुन थाल्यो। सन् २००६ को मै महिनामा चीनको राष्ट्रिय गैर भौतिक सम्पदा सूचीको पहिलो खेपमा तुङपै ड्रम गायनलाइ समावेश गराइयो र यसको बिँडो पुनः एक पटक थाम्ने निश्चित भएको छ।

तुङपै ड्रम गायन जस्तै चाइना अर्थात् सेरामिकका वस्तु मर्मत शिपले पनि निरन्तरता पाएको छ। स-साना धातुको पेंचले भत्केको चाइनालाई जोडेर नयाँ रूप दिइने चाइना मर्मत शिप एक हजार वर्षभन्दा अघिको चीनको शोङ वंशकालका प्रसिद्ध चित्रमा पाइन्छ। आधुनिक चीनमा दैनिक जीवनस्तर उकासिएपछि दैनिक जीवनमा प्रयोग गरिने सेरामिकका सरसामानको भाउ पनि घट्दै गएकाले चाइना मर्मत शिप पनि लोप हुन थालेको थियो। तर हिजोआज यस्तो लोक शिपको संरक्षण गर्नका लागि धेरै कदम चालिएको छ र सम्बन्धित प्रचारप्रसार पनि बढ्दै गएकोले ती लोककलाले नयाँ जीवन पाएको देखिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु