फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षको अन्तिम दिन अर्थात छु सी नामक रातको किम्बदन्ती

(GMT+08:00) 2018-02-14 09:15:42
चिनियाँ पात्रो अनुसार, पर्सी फेब्रुअरी 16 तारिखदेखि वसन्त चाड सुरु हुनेछ। आजको चिनारी कार्यक्रममा म वसन्त चाडअघि राति छु सी नामक रातको किम्बदन्तीबारे जानकारी दिन्छु।

वर्षको बाह्रौं महिना अर्थात् वर्षको अन्तिम दिनको रातलाई छु सी भनिन्छ। छुको अर्थ हटाउनु वा लत्याउनु हो। सी भनेको रात हो। छु सी भनेको यस वर्षको अन्तिम रातलाई हटाएर आउनलागेको नयाँ वर्षको स्वागत गर्ने भन्ने हो। चीनमा छु सीलाई "रातलाई हटाउने","वर्षको रात" र "वर्षको अन्तिम रात" पनि भन्ने चलन छ।

चीनको परम्परागत चलनअनुसार छु सीलाई हटाउन लत्याउने गरिन्छ र यसो गर्ने तरिका विभिन्न स्थानमा फरक-फरक छन। भनौं:छु सी अघिका केही दिनदेखि मानिसहरु आ-आफ्नो आँगन र कोठा सफा गर्छन्। यो चलन पहिलेदेखि नै चलिआएको देखिन्छ। त्यसको अर्थ"पूरानोलाई हटाउनु र नयाँको स्वागत गर्नु"हो। यो चलन प्राचीनकालको एउटा किम्बदन्तीबाट आएको हो। त्यस भनाइअनुसार, पौराणिक कथामा "छुआन सु"नामका राजाको एउटा छोरो थियो। त्यो एकदमै अल्छी थियो। उ दिनभरि थोत्रा लुगा लगाउँथ्यो र खोले मात्र खान्थ्यो। कुनै वर्षको अन्तिम रात अर्थात् छु सीमा उसलाई जाडो र भोकका कारण कोठाको कुनामै मर्‍यो। त्यसै कारण वर्षको सो अन्तिम दिनमा सफा गर्ने मौकाको प्रयोग गरी नयाँ वर्ष आउनु अघि घरका सबै थोत्रा लुगाफाटा र बाँकी रहेका भात तरकारी फ्याँक्नुपर्छ। यसको अर्थ दरिद्रपनलाई आफ्नो घरमा आउन नदिनु हो।

घर सफा गरेपछि चाडवाडको वातावरण सिर्जना गर्नका लागि मानिसहरु आ-आफ्ना घरका ढोकाका र खापामा वसन्त चाड सम्बन्धी शुभकामना लेखिएका लखौट टाँस्ने र नागरुपी बत्तिहरु झुण्ड्याउने गर्दछन्।

वर्षको अन्तिम राति परिवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर खाना खाने चलन त अझै पनि सबै घरमा छ। यसै दिन अरु ठाउँमा काम गर्नेहरु पनि फुर्सत निकालेर अवश्य नै आफ्नो घर फर्कन्छन। परिवारका सबै सदस्यहरु खुशीसाथ वर्षको अन्तिम खाना खाने गर्छन्।

चीन निकै ठूलो भएकाले चीनका विभिन्न क्षेत्रमा वर्षको अन्तिम दिनका लागि तयार पारिएको खाना पनि फरक-फरक हुन्छ। चीनको दक्षिणी भागमा यस छाकको खानामा धेरैजसो दर्जनौँवटा तरकारी राखिन्छन्। तीनमा तोफू र माछा नभई नहुने खाने कुरा हुन्। किनकि चिनियाँ भाषामा तोफू र माछाको संयुक्ताक्षरको उच्चारणले सम्पन्नताको अर्थ दिन्छ। त्यसैले यसको अर्थ आउने नयाँ वर्षमा अवश्य नै धनी हुने भन्ने हुन्छ। चीनको उत्तरी भागमा एउटै परिवारका सबै सदस्यहरुले सँगै बसेर खानुपर्ने खानामा च्याउ च नामक एक किसिमको खाद्य पदार्थ अर्थात् ममचा महत्वपूर्ण खाना हो। एउटै परीवारका सबै सदस्यहरुले सँगसँगै मिलेर बनाएको त्यो खाना मैदाको मुछेको पीठोभित्र मसिनो हुने गरी काटिएको मसला मिसाइएको मासु हालेर दुई कुने स-साना डल्ला पारी उमालेको पानीमा पकाएर तयार गरिएको खाद्य-पदार्थ हो। सबैले एउटै ठाउँमा बसेर खुशीसाथ खानुपर्ने भएकाले यो मिलनको द्योतक पनि मानिन्छ।

परीवारका सबै सदस्यहरुले नयाँ वर्ष नआउन्जेलसम्म टेलिभिजनमा कार्यक्रम हेर्ने वा तास खेल्ने गर्दछन्। यसलाई "शौ स्वै"भनिन्छ। शौ स्वै पूरानो वर्षको अन्तिम दिनको रातलाई विदा गरी नयाँ वर्षको पहिलो दिनलाई पर्खने एक किसिमको साधारण कार्यक्रम हो।

जानकारी तथा लेखहरु