फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सचिवद्वारा एघारौँ पन्चेन लामासँग भेटवार्ता

(GMT+08:00) 2018-02-14 17:49:03

         चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सचिव एवं चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको एकिकृत मोर्चा विभागका मन्त्री यौ छ्वानले हिजो फेब्रुअरी तेह्र तारिख पैचिङ्गमा एघारौँ पन्चेन लामा बाइन्केन इर्दिनी कोइजाबुसँग भेटवार्ता गर्नुभएको छ। सचिव यौले पेन्चेन लामालाई बसन्त चाड र तिब्बती नयाँ वर्षको शुभकामना दिँदै पन्चेन लामाले राष्ट्राध्यक्ष सी चिन फिङको निर्देशनबोजिम आफ्नो बौद्ध धर्म,सांस्कृतिक उपलब्धि र चरिचत्रलाई उकास्नसक्ने आशा व्यक्त गर्नुभयो। यो कार्यबाट एकिकृत राष्ट्र र जातीय एकताबद्धको संरक्षण गर्नुका साथै तिब्बती बौद्ध धर्म र समाजवादी समाजलाई राम्ररी मिलाउनका लागि नयाँ योगदान सिर्जना गर्नसकिने उहाँले उल्लेख गर्नुभयो।

          एघारौँ पन्चेन लामाले राष्ट्राध्यक्ष सीको भावनालाई व्यवहारमा उतार्दै निरन्तर रुपमा पुस्तौँ पुस्ता‌देखि पन्चेन लामाको देशभक्त तथा धर्मभक्त परम्परालाई विस्तार गर्दै जाने व्यक्त गर्नुभएको छ। राष्ट्रको एकीकरण र जातिको एकताबद्धको द्दढ संरक्षण गर्दै उहाँले तिब्बतको विकास तथा स्थिरताका लागि प्रयास गर्दै जाने बताउनुभएको छ।

जानकारी तथा लेखहरु