फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको शुभकामना समारोहलाई राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन

(GMT+08:00) 2018-02-14 18:27:10

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चिनियाँ राज्य परिषदले आज फेब्रुअरी चौध तारिख विहान जन बृहत्त सभा भवनमा सन् 2018 को वसन्त चाडको शुभकामना समारोहको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषदको तर्फबाट चीनका विभिन्न जातिका जनता, हङ्ग कङ्ग विशेष प्रशासनिक क्षेत्रका देशबन्धु मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइ वान देशबन्धु र विदेशमा बस्ने चिनियाँ प्रवासीहरुलाई वसन्त चाडको शुभकामना ज्ञापन गर्नुभयो।

        सी चिन फिङले गत एक वर्ष सारा पार्टी, सेना र विभिन्न जातिका जनताले मिलेर चिनियाँ विशेषतायुक्त समाजबादीका विभिन्न कार्यलाई अघि सारेर ठूलो उपलब्धि हासिल गरेको उल्ले‌ख गर्नुभयो। उहाँले वसन्त चाड नयाँ सुरुवात र आशाको प्रतीक हो भन्दै सन् 2018 मा उन्नाइसौँ महाधिवेशनको भावनाको पालना गर्ने पहिलो वर्ष रहेको र साथै सुधार तथा खुलापन नीति संचालन भएको चालीस वर्ष भएको पनि उल्लेख गर्नुभयो। परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय स्थिति र भारी आन्तरिक विकास कार्यको सामना गर्न सारा पार्टी, सेना र विभिन्न जातिका जनताले चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा निश्चित महा लक्ष्यतिर प्रयास गर्नुपर्ने उहाँले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु