फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विभिन्न तरिकामार्फत वसन्त चाड मनाइँदै

(GMT+08:00) 2018-02-15 16:05:17

चीनको परम्परागत वसन्त चाड सुरु भएको छ। आज फेब्रुअरी पन्ध्र तारिख चिनियाँ नव वर्षको पूर्वारात हो। आजदेखि वसन्त चाड मनाउन चीनभरि विभिन्न तरिकामार्फत रमाइलो गर्न थालिन्छ।

नान चिङको छिन ह्वाइ लालटिन समारोहको इतिहास एक हजार सात सय वर्षभन्दा लामो छ र त्यसलाई चीनको सबभन्दा राम्रो लालटिक समारोहको रुपमा पनि लिइन्छ। साथै चीनको लगातार सबभन्दा लामो समयसम्म चलेको, सहभागी जनसंख्या सबैभन्दा बढी भएको र सबैभन्दा ठूलो लालटिन समारोहमध्येको एक पनि हो। लाओसका विद्यार्थी लिमिन्थले विशेष गरी त्यहाँ गएर अवलोकन गर्नुभयो। उहाँलाई त्यो अवलोकन गर्दा निकै खुशी लागेको बताउनभुयो।

फूलको अवलोकन हरेक वसन्त चाड हुँदा चीनको क्वाङ तुङ प्रान्तमा नभइ नहुने कार्यक्रम हो। एक हजार सात सयअघिदेखि क्वाङ चौ शहरलाई फूल शहरको रुपमा मानिरहेको छ। त्यसैले वसन्त चाडको अवधिमा फूल अवलोकन गर्नु नै क्वाङ चौ शहरको विशेषता बनेको छ। यही वर्ष क्वाङ तुङ प्रान्तले क्वाङ चौमा वसन्त चाड मनाउँदै फूल अवलोकन शीर्षक कार्यक्रमको आयोजना गरेको छ र त्यसबाट धेरै सर्वसाधारण तथा पर्यटकलाई आकर्षित गरेको छ।

जानकारी तथा लेखहरु