फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दूताबासद्वारा विभिन्न देशमा वसन्त चाडका कार्यक्रमको आयोजना

(GMT+08:00) 2018-02-15 16:06:03

चीनको वसन्त चाडका उपलक्ष्यमा केही देशका लागि चिनियाँ दूताबासले कार्यक्रमको आयोजना गरेका छन्।

भारतका लागि चिनियाँ राजदूत लो चाउ ह्वीले वसन्त चाड मनाउने समारोहमा नयाँ वर्ष एक खाली किताब जस्तो रहेको र कलम हाम्रो हातमा नै छ भन्ने कुरा व्यक्त गर्नुभयो। उहाँले चीन-भारत सम्बन्धको नयाँ पृष्ठ लेख्न थालिसकिएको भन्दै गत वर्ष चीन-भारत द्वीपक्षीय व्यापारिक मात्रा 88 अर्ब अमेरिकी डलर पुगेको उल्लेख गर्नुभयो। सन् 2016 को भन्दा यो बीस प्रतिशत बढेको जानकारी पनि उहाँले दिनुभयो। नयाँ वर्षमा चीन-भारत सम्बन्धको अरु विकास हुनसक्ने विश्वास पनि उहाँले लिनुभयो।

यसका साथै अमेरिकी सान फ्रानसेस्कोका लागि चीनको महावाणिज्य दुताबासले पनि वसन्त चाड मनाउने समारोहको आयोजना गरेको छ। सो अवसरमा अमेरिकी क्यालिफोर्निया राज्यका प्रमुख ब्रौनले वसन्त चाडले नयाँ विचार जन्माउने, नयाँ सम्बन्ध स्थापना गर्ने र नयाँ सहयोगी उपाय विकास गर्ने सुअवसर ल्याउने विचार व्यक्त गर्नुभयो। उहाँले विश्वव्यापी देखिने समस्याको सामना गर्दा अमेरिका र चीनले संयुक्त रुपमा अन्वेषण गर्नुपर्ने कुरा दोहोर्‍याउनुभयो। चिनियाँ वाणिज्यदूत लो लिन छ्युआनले सहयोग नै चीन र अमेरिकाको लागि एक मात्र सही छनौट रहेको भन्दै साझा जितले अझ राम्रो भविष्य निर्माण गर्ने बताउनभुयो।

जानकारी तथा लेखहरु