फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्ग कङ्ग जुनियर पुलिस कललाई सीद्वारा जवाफी पत्र

(GMT+08:00) 2018-02-15 16:06:52

चिनियाँ वसन्त चाडका अवसरमा हिजो फेब्रुअरी चौध तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हङ्ग कङ्ग जुनियर पुलिस कल सदस्यलाई जवाफी पत्र लेख्नुभएको छ। उनीहरुले वसन्त चाडको बधाई कार्ड बनाएर राष्ट्राध्यक्ष सीलाई पठाएका थिए। त्यही कार्डको जवाफी पत्र लेख्दै राष्ट्राध्यक्ष सीले धन्यवाद ज्ञापन गरी सिकाइ र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले हङ्ग कङ्गका सबै युवालाई पनि वसन्त चाडको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ।

आज पन्ध्र तारिख विहान हङ्ग कङ्गमा तैनाथ केन्द्रीय जन सरकारको सम्पर्क कार्यालयका प्रमुख वाङ च मिनले हङ्ग कङ्ग जुनियर पुलिस कलका छब्बीस जना सदस्यलाई कार्यालयमा निमन्त्रणा गरी राष्ट्राध्यक्ष सी चिन फिङको चिठी हस्तान्तरण गर्दै हङ्ग कङ्ग युवामाथि राष्ट्राध्यक्ष सी चिन फिङको ख्याल र शुभकामना हस्तान्तरण गर्नुभयो। उहाँले जुनियर पुलिस कलका सबै सदस्यले परिवार प्रेम र देश प्रेम, व्यक्तिगत सपना र राष्ट्रको सपनालाई मिलेर सिकाइमा प्रयास गरी हङ्ग कङ्ग तथा मातृभूमिलाई सेवा दिने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

सन् 1974 मा हङ्ग कङ्ग जुनियर पुलिस कल स्थापना भएको थियो। हङ्ग कङ्ग पुलिसमातहतको एकाइको रुपमा रहेको जुनियर पुलिस कलल हङ्ग कङ्ग युवालाई कानूनी शिक्षा र देशप्रेम शिक्षा दिने महत्वपूर्ण मञ्च हो र हाल त्यसका दुई लाख दश हजार सदस्य रहेका छन्।

जानकारी तथा लेखहरु