फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले मध्य पूर्व शान्तिका लागि नयाँ योजना सार्वजनिक गर्ने

(GMT+08:00) 2018-02-15 16:07:32

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले हिजो फेब्रुअरी चौध तारिख जोर्डनको भ्रमण गर्दै जोर्डनका विदेश मन्त्री आयमान साफदीसँग भेटवार्ता गर्नुभएको छ। उहाँका अनुसार अमेरिकाले सधैं प्यालेष्टाइन र इजरायलबीचको शान्तिलाई व्यवहारमा उतार्नका लागि प्रयास गरिरहेको छ। मध्य पूर्व क्षेत्रको शान्तिका लागि अमेरिकाले नयाँ योजना बनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उचित समयमा उक्त निर्णय सार्वजनिक गर्नुहुने छ।

यसका अतिरिक्त टिलरसन र साफदीले हिजो एउटा सहयोग स्मृति-पत्रमा हस्ताक्षर पनि गर्नुभएको छ। सो स्मृति-पत्रका अनुसार अमेरिकाले आउने पाँच वर्षमा जोर्डनलाई 6 अर्ब 37 करोड 50 लाख अमेरिकी डलरको आर्थिक सैनिक सहायता प्रदान गर्ने भएको छ। यो सहयोग पहिलेकोभन्दा 27 प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु