फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडमा चीनमा विभिन्न प्रकारका कार्यक्रम

(GMT+08:00) 2018-02-16 15:19:03

आज फेब्रुअरी सोह्र तारिख चीनको परम्परागत वसन्त चाडको पहिलो दिन हो। यो पर्व मनाउन चीनका विभिन क्षेत्रमा रमाइला मेला र महोत्सवहरुको आयोजना, लालटिन समारोह र पारिवारसहित चिनियाँहरुको भ्रमण आदि कार्यक्रम भइरहेको छ।

आज वसन्त चाडको पहिलो दिन पैचिङमा मेला, लालटिन समारोह, सार्वजनिक जनचेतना कार्यक्रम लगायत चार सय असी कार्यक्रमको आयोजना हुँदैछ। तीमध्ये मेला, पैचिङ ओपेरा आदि परम्परागत कार्यक्रमका प्रदर्शनी लगायत विविध साँस्कृतिक कार्यक्रम पनि छन्। पैचिङ सांस्कृतिक व्यूरोका उप-प्रमुख फाङ वीले यही वर्षको मेलामा विशेष गरी हिउँदे ओलम्पिकमा आधारित हिउँ संस्कृति देखाउने जानकारी दिनुभयो। वसन्त चाड अवधिमा पनि पैचिङको पुस्तकालय, कला संग्रहालय आदि सार्वजनिक सांस्कृतिक क्षेत्रहरु खुला रहन्छन्।

भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको हलिनगर जिल्लाको गतौ गाउँमा पनि निकै रमाइलो मेलाको आयोजना भएको छ। गृहिणी लिउ ली यिङ्गको घरमा निकै व्यस्तता छ। गत वर्ष उहाँले पालेको भैसी र रोपेको उवा इ-वाणिज्यमार्फत चीनका विभिन्न क्षेत्रसम्म बिक्री भएको छ। पैसा कमाएका दम्पत्तिले घरलाई सजावट गरेर नयाँ वर्षमा होमस्टे निर्माण गर्ने तयारी गरेका छन्।

जानकारी तथा लेखहरु