फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा वसन्त चाड र तिब्बती नयाँ वर्ष मनाइँदै

(GMT+08:00) 2018-02-16 15:19:27

आज फेब्रुअरी सोह्र तारिख चीनको परम्परागत वसन्त चाड हो। साथै तिब्बती पात्रो अनुसार नयाँ वर्षको पहिलो दिन पनि हो। त्यसैले तिब्बतीहरुले आज नयाँ वर्ष अत्यन्तै रमाइलो तरिकाबाट मनाउँदैछन्।

ल्हासाको छङ्ग क्वान जिल्लामा बस्ने दजिजोगा र श्रीमती लो युन स्युएले विहानसबेरै उठेर नयाँ वर्षमा अतिआवश्यक सौभाग्य कुरा छेमाह तयारी गर्नुभयो। 68 वर्षीय लो युन स्युए ल्हासामा बीस वर्ष अगाडिदेखि बस्दै आउनु भएको छ। कुथु, खासाइ आदि तिब्बती परम्परागत पर्व खानाबाहेक उहाँको परिवारले वसन्त चाडको पूर्वरात पनि चिनियाँ मम अर्थात् च्याउच खाएर मनाउने गर्नुहुन्छ।

पठारभूमिमा बस्ने अरु जातिका मानिसले पनि विभिन्न तरिकामार्फत नयाँ वर्ष मनाएका छन्। छाङ तु शहरको माङ खाङ जिल्लामा बस्ने नासी जातीयहरुले स्थानीय तिब्बतीहरुसँग सुँगुरको टाउकाको मासु पकाएर मीठो हटपट खाएका छन्। लिन्ची शहरको तङ बसोबास क्षेत्रका मानिसले तिब्बती कुथु र खासाइ पकाएर दुईवटा पर्व सँगै मनाएका छन्।

गत वर्ष तिब्बतमा अन्नको उत्पादित मात्रा दश लाख टनभन्दा बढी भएको थियो। तिब्बतमा लगातार आठ वर्षदेखि अन्न उत्पादन बृद्धि हुँदै आएको छ। तिब्बतको अन्न भण्डारको रुपमा मानिएको शिखाचेका सर्वसाधारणले वसन्त ऋतुसँगै बाली लगाने तयारी गरिरहेका छन्।

जानकारी तथा लेखहरु