फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशका नेताद्वारा चिनियाँ वसन्त चाडको शुभकामना

(GMT+08:00) 2018-02-16 15:19:49

चिनियाँ परम्परागत वसन्त चाडका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव र अरु विभिन्न देशका नेताले विभिन्न तरिकामार्फत चिनियाँ जनतालाई शुभकामना ज्ञापन गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले भिडियोमार्फत चिनियाँ जनतालाई चिनियाँ कुकुर वर्षको शुभकामना ज्ञापन गर्नुभएको छ। उहाँले कुकुर मानव जातिको असल साथी हो र त्यसको वफादारी तथा विश्वासको अर्था रहेको छ भन्दै यो विश्वलाई चाहिएको कुरा रहेको बताउनुभयो। चीन तथा चिनियाँ जनताले संयुक्त राष्ट्र संघलाई समर्थन दिएकोप्रति आफूले धन्यवाद ज्ञापन गर्नुका साथै सबैलाई सुखमय जीवन तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

यसका साथै बेलायती प्रधानमन्त्री थेरेसा मेइले माइक्रोब्लगमा भिडियोमार्फत चिनियाँ जनता र विश्वका सबै चिनियाँ प्रवासीलाई शुभकामना ज्ञापन गर्नुका साथै बेलायत्तको चिनियाँ प्रवासी बसोबास क्षेत्रले बेलायती समाजलाई श्रेष्ठ योगदान गरेकोप्रति आभार प्रकट गर्नु भएको छ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलेरसनले पनि बधाइ सन्देश पठाएर अमेरिकी सरकारको तर्फबाट चिनियाँ वसन्त चाड मनाउने सबैलाई हार्दिक शुभकामना ज्ञापन गर्नुभएको छ।

पाकिस्तानका राष्ट्रपति मामनून हुसाइनले भिडियोमार्फत वसन्त चाडको शुभकामना ज्ञापन गर्नुभयो। उहाँले चीनको सबभन्दा महत्वपूर्ण चाड-पर्व आएको उपलक्ष्यमा पाकिस्तानी सरकार र जनताको तर्फबाट चिनियाँ दाजु-भाइ, दिदी-बहिनीलाई हार्दिक शुभकामना ज्ञापन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भएको छ। चीनले अरु ठूलो विकास गर्नसक्ने र पाकिस्तान-चीन मित्रता अझै दृढ हुनसक्ने आफ्नो विश्वास रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु