फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्ग-चाङ्ग च्या खौ तीव्र गतिको रेलवेको निर्माण सुचारु

(GMT+08:00) 2018-02-20 19:48:30

सन् 1905 मा चिनियाँद्वारा स्वतन्त्र रुपमा निर्मित पैचिङ्ग-चाङ्ग च्या खौ रेलवे औपचारिक रुपमा सञ्चालित छ। तर करिब एक सय वर्षपछि पैचिङ्ग-चाङ्ग च्या खौ तीव्र गतिको रेलवेको भने निर्माण कार्य तीव्र पारिएको छ। यो रेलले सन् 2022 आयोजना हुने हिउँदे ओलम्पिक खेलकुदका लागि यातायात प्रत्याभूति दिनुका साथै चिनियाँ तीव्रगतिको रेलको नयाँ युगको सुरुवात गर्नेछ।

वसन्त चाडको अवसरमा पैचिङ्ग-चाङ्ग च्या खौ रेलअन्तर्गत छुङ्ग ली रेल शाखाको निर्माण गर्न सबै निर्माणकर्मीहरू विदा मनाउन छोडेर काममै व्यस्त छन्।यो शाखा रेल ह पै प्रान्तीय चाङ्ग च्या खौ शहरमा परेर कुल लम्वाई 52 किलोमिटरको रहेको छ। निर्धारित योजनाअनुसार सन् 2019 मा उक्त रेलको निर्माण कार्य पूरा हुनेछ। सन् 2022 मा यो रेल छुङ्ग लीस्थित ओलम्पिक गाउँसम्म प्रत्यक्ष रुपमा पुग्ने योजना छ।


1  2  
जानकारी तथा लेखहरु