फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पान्डासँग वसन्त चाड

(GMT+08:00) 2018-02-21 15:41:59

चालू वर्षको वसन्त चाडको अवसरमा चिनियाँ शान तुङ्ग प्रन्तीय वै हाइ शहरी लिउ कुङ्ग द्वीपस्थित पान्डा पार्कले "म पान्डासँगै वसन्त चाड मनाउने" विशेष कार्यक्रम प्रस्तुत गरेको छ। कार्यक्रमका जिम्मेवार याङ्ग छ्याङ्गले दिएको जानकारीअनुसार, पर्वको अवधिमा बाहिर यात्रा गर्ने परिवारको संख्या झन् झन् बढी हुँदैआएको छ। यो कार्यक्रमले यात्रुहलाई विशेष पर्वको अनुभव दिनेछ।

यात्रुहरुले स्वीकृति लिएर पान्डाका लागि खाना बनाएका छन्। सो अवसरमा यात्रुहरुले पान्डाबारे धेरै ज्ञान लिनसक्छन्। कार्यक्रम सुरुदेखि इन्टर्नेटमा करिब एक सयजनाले दर्ता गरेका छन्। अन्त्यमा त्यसमध्ये आठ परिवार छानिएर कार्यक्रममा भाग लिएका छन्। लगभग एक लाख बाह्र हजार दर्शकले इन्टर्नेटबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु