फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको अवधिमा चीनको खुद्रा-बिक्री र खानपान व्यवसायको बिक्री रकम नौ खर्ब चिनियाँ युआनभन्दा बढी

(GMT+08:00) 2018-02-22 15:48:53

चीनको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, फेब्रुअरी 15 तारिख अर्थात् चिनियाँ पात्रोअनुसार गत वर्षको अन्तिम दिनदेखि 21 तारिख अर्थात् नव वर्षको छैठौं दिनसम्म चीनको खुद्रा-बिक्री र खानापान उद्योग-व्यवसायहरूको बिक्री रकम 9 खर्ब 26 अर्ब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा 10प्रतिशतले वृद्धि भएको छ।

चालू वर्षको वसन्त चाडको अवधिमा मानिसको हिसाबबाट हेर्दा दश करोड जना चलचित्र हेर्न सिनेमाघर गए। चीनभरि चलचित्रको बक्स अफिसमा 5 अर्ब चिनियाँ युआनभन्दा बढी जम्मा भएको छ। यसका साथै संग्रहालय अवलोकन, पुस्तक पसल, प्रदर्शनीको अवलोकन पनि चिनियाँहरूले वसन्त चाड मनाउने मुख्य माध्यम बनेका छन्।

वसन्त चाडको अवधिमा केही आफन्तसँग भेटघाट गर्न जन्मथलो फर्केका छन्। केही घुम्न गएका छन्। चीनको पर्यटन व्यूरोले सार्वजनिक गरेको तथ्यांकअनुसार, वसन्त चाडको अवधिमा चीनको विभिन्न क्षेत्रले मानिसको हिसाबबाट हेर्दा 38 करोड 60 लाख जना पर्यटकको स्वागत गरेको छ।

जानकारी तथा लेखहरु