फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षका "दुई अधिवेशन"का लागि प्रेस केन्द्र संचालनमा

(GMT+08:00) 2018-02-27 17:58:05

तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशन आगामी मार्च पाँच तारिख आयोजना हुनुका साथै चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनको आगामी मार्च तीन तारिख आयोजना हुनेछ। आज फेब्रअरी सत्ताइस तारिख पैचिङको मै ति या केन्द्रमा रहेको "दुई अधिवेशन"का लागि प्रेस केन्द्र औपचारिक रुपमा संचालनमा आएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्यालय अन्तर्गत प्रेस आयोगका प्रमुख ह शाउ रनले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकारलाई विशेष अन्तर्वार्ता दिँदै उक्त जानकारी गराउनुभएको हो। उहाँका अनुसार, "दुई अधिवेशन"का लागि प्रेस केन्द्रले तीन हजार जना भन्दा बढी चिनियाँ तथा विदेशी पत्रकारको दर्ता फर्म स्वीकृत गरी उनीहरुका लागि पत्रकार पास मिलाउँदै छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनको अवधिमा जन बृहत सभा भवनमा रहेको "मन्त्रीहरुको मार्ग"आकर्षित हुनेगर्छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरुको इच्छा अरु स्पष्टसँग अभिव्यक्त गर्नका लागि यस पटकको चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा पहिलो पटक "प्रतिनिधिहरुको मार्ग"खोलिने छ।

जानकारी तथा लेखहरु