फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनितिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च तीनतारिख अपरान्ह तीन बजे सुरु हुने

(GMT+08:00) 2018-03-02 17:45:23
चिनियाँ जन राजनितिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च तीन तारिख दिउँसो तीन बजेदेखि पैचिङमा शुरु हुनेछ र पन्ध्र तारिख बिहान सम्पन्न हुनेछ। अधिवेशनका प्रेस प्रवक्ता वाङ को छिङले दुई तारिख दिउँसो जन बृहद् सभा भवनमा चिनियाँ र विदेशी पत्रकारसमक्ष सम्बद्ध जानकारी दिनुभएको छ।

यस वर्ष जन राजनितिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनको मुख्य कार्य-योजनामा जन राजनितिक परामर्शदात्री सम्मेलनको स्थायी परिषद्को कार्य-प्रतिवेदन लगायतका विविध प्रतिवेदनको सुनुवाई र लेखाजोखा गर्ने, 13 औँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनमा पर्यवेक्षण गर्ने, सरकारी कार्य-प्रतिवेदन र अन्य आबद्ध प्रतिवेदनको सुनुवाई र तीबारे विचार-विमर्श गर्ने, संविधानको संशोधित मस्यौदा र निगरानी कानुनको मस्यौदाबारे छलफल गर्ने र चिनियाँ जन राजनितिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समिति परिषद्का अध्यक्ष, उपाध्यक्ष, महासचिव र स्थायी सदस्यहरूको मनोनयन गर्ने आदि विषय समावेश छन्।

जानकारी तथा लेखहरु