फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनको तयारी कार्य

(GMT+08:00) 2018-03-03 14:03:55

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनमा सहभागी हुन पैचिङ बाहिरका सम्पूर्ण प्रतिनिधि सदस्यहरु पैचिङ आइपुगेका छन्। तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनका विभिन्न तयारी कार्य पूरा भइसकेको छ।

राष्ट्रिय जन कंग्रेसका है लुङ च्याङ प्रान्तका प्रतिनिधिहरु हिजो मार्च २ तारिख जेड सोह्र नम्बरको रेलबाट पैचिङ आइपुगेका छन्। राष्ट्रिय जन कंग्रेसको अधिवेशनमा सहभागी हुन आएको बेइजिङ बाहिरको यो पहिलो प्रतिनिधि मण्डल हो। त्यसपछि अरु प्रतिनिधि मण्डल पनि छुट्टा छुट्टै रुपमा पैचिङ आइपुगेका छन्।

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनको प्रेस केन्द्रबाट प्राप्त समाचार अनुसार, सो अधिवेशनमा मंगोलिया,तिब्बती,युगुर,कजाकिस्तानी,कोरियन,यी तथा च्वाङ लगायत सात किसिमका अल्पसङख्यक भाषामार्फत अधिवेशनको दस्ताबेजको अनुवाद गर्नुका साथै अँग्रेजी,फ्रान्सेली,जापानी,रुसी,जर्मन तथा अरबेली लगायत विदेशी भाषामार्फत दस्ताबेजको अनुवाद हुनेछ।

जानकारी तथा लेखहरु