फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय सुरक्षा बजेट विश्वका मुख्य मुलुकहरुको तुलनामा कम

(GMT+08:00) 2018-03-04 14:29:44

सन् २०१८ मा चीनको राष्ट्रिय सुरक्षाका लागि बजेटको बढ्ने कुराले सबैको ध्यान तानेको छ। तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनका प्रवक्ता चाङ ये सुईले आज मार्च चार तारिख पैचिङमा यस विषयबारे चर्चा गर्दै राष्ट्रिय सुरक्षाको माग तथा कूल गार्हस्थ उत्पानदको स्तर बमोजिम राष्ट्रिय सुरक्षा बजेट मिलाउनु विभिन्न मुलुकको चलन भएको बताउनुभयो। चीनको राष्ट्रिय सुरक्षाको बजेट विश्वका मुख्य मुलुकहरुकोभन्दा कम रहेको कुरा पनि उहाँले औँल्याउनुभयो।

चाङ ये सुईका अनुसार,केही वर्षदेखि चीनले उपयुक्त रुपमा राष्ट्रिय सुरक्षाका लागि लगानी बढाउँदै आएको छ। तीमध्येका अत्यधिक भाग पहिले राष्ट्रिय सुरक्षाका लागि गरेको कम बजेटलाई लक्षित गरी बढाएको हो। चीनले शान्तिपूर्ण विकासको मार्गमा लागिरहेको र लागि रहने बताउँदै राष्ट्रिय सुरक्षाका लागि प्रतिरक्षात्मक नीति चलाउने तथा चीनको विकास कुनै पनि मुलुकका लागि त्रास-धम्की नबन्ने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु